जेठ ०५, २०८१, शनिबार
               

भरतपुरको सरस फुडमा आगलागी

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

चितवन । चितवनको सरस फुड इन्डस्ट्रीजमा आगलागी भएको छ। 

भरतपुर महानगरपालिका, वडा नं ५ लंकु धारापानी चोक नजिक रहेको इन्डस्ट्रीजमा बिहान पौने पाचँ बजेदेखि आगलागी भएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र भरतपुर महानगरपालिको दमकलले आगो नियन्त्रणको प्रयास गरीरहेका छन् ।

बिजुलीको सर्कीट सट भएपछि आगलागी भएको बताइएको छ । 

इन्डस्ट्रीजका सञ्चालक सुनील अग्रवालका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन् ।

क्षतिको विवरण आउन बाँकी छ। सो इन्डस्ट्रीजले दालमोट र फुरनदाना उत्पादन गर्दै थियो ।


कस्तो लाग्यो ?

यो पनि