जेठ ०७, २०८१, सोमबार
               

रौतहटमा आठ वर्षीया बालिका बलात्कृत

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । रौतहटमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा ८ बर्षिया बलात्कृत भएकी हुन् । 

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ वर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राति घरबाट नजिकैको किराना पसलमा खाने तेल लिन गएकी बालिकालाई पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती बलात्कार गरेका थिए । बलात्कारका आरोपी नवल पाशवानमाथि बालयौन दुराचार सम्बन्धी मुद्दा  दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि