काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ (वैशाख ३ गते) सम्म कायम रहने भएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।