असोज ०६, २०८१, आइतबार
               

दुर्घटनामा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

स्थानीय घुवीर कटुवालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नं को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिनोद शर्माले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । घाइते यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि