जेठ ०३, २०८१, बिहीबार
               

गोली लागी एक प्रहरीको निधन

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । स्याङ्जामा गोली लागेर एक जना प्रहरीको निधन भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको निधन भएको हो । 

पोखरा २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको बताइएको छ । उनलाई उपचारका लागि पोखरा ल्याउँदै गर्दा निधन भएको बताइएको छ । 

तर, जिल्ला प्रहरी कार्यालय स्यांजाले भने घटनाको कारण पत्ता लागि नसकेको बताएको छ । जिप्रका स्यांजाले अहिले घटनाको अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताएको छ । 

यो पनि