जेठ ०७, २०८१, सोमबार
               

पानी भर्न निस्किएकी बालिका बलात्कृत

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

कपिलवस्तु ।  कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि सरकारले देशमा लकडाउन घोषणा गरेको छ । 

यसैबीच कपिलवस्तुमा एक बालिका बलात्कृत भएकी छिन् ।

मायादेवी गाउँपालिका–४ कि १२ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बलात्कार गरेका हुन् ।

धारमा पानी भर्न आएकी बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर उनले बलात्कार गरेको स्थानीयबासीले बताएका छन् ।

बलात्कार गरेको अवस्थामा एक छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए । 

बालिकाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । युवक फरार भएका छन् । 

बालिकाको बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी र आमा बस्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि