असोज ०६, २०८१, आइतबार
               

धनुषा सोनलाल पुलामीका पाँच हत्यारा जेल चलान

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । धनुषाका सोनलाल पुलामीको हत्या आरोपी पाँच जनालाई पुर्पक्षनका लागि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । धनुषाको रघुनाथपुर निवासी पुलामीको गत फागुन १६ गते हत्या गरिएको थियो ।

मंगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीश राजेश कटुवालको इजलासमा बहस भएको थियो । बहस सकिएलगत्तै न्यायधीश कटुवालले हत्यामा संलग्न पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार उनीहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको अदालतले जनाएको छ । अदालतले उनीहरूलाई बुधबारै सिन्धुली जिल्ला कारागारमा पठाएको हो ।

धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरमा पुलामीलाई मादक पदार्थ सेवनगरी मातेका विभिन्न आठ जनाको समूहले सामुहिक आक्रमणगरी हत्या गरेको थियो । उनको हत्या अभियोगमा घटनाको केही घण्टाभित्रै पाँच जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा पटेवाका सोनु मोनु भन्ने अमित कुमार यादव, सबैला १ का जितेन्द्र राउत, अशेष यादव, कपिल सदा र धर्मदेव भन्ने धर्मदेही राउत रहेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि