जेठ ०६, २०८१, आइतबार
               

३ जना एआइजीलाई  दर्ज्यानी चिन्ह प्रदान

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी)बाट अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन जनालाई प्रहरी प्रधान कार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो । एआइजीमा बढुवा भएका तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाललाई प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले प्रधान कार्यालयको खुला चौरमा टेण्ट टाँगेर दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन एआइजीमा बढुवाका लागि लम्साल, क्षत्री र पालको नाम सिफारिस गरेको थियो । दर्ज्यानी चिन्ह पाएलगत्तै तीनैजना एआइजीको पदस्थापनसमेत भएको छ । लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी), क्षत्री मानवस्रोत तथा प्रशासन विभाग र पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि