जेठ ०२, २०८१, बुधबार
               

घोडेजात्रा स्थगित

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले हरेक वर्ष मनाउदै आएको घोडेजात्रा स्थगित गरेको छ । सबै तयारी पूरा गरे पनि सरकारले लकडाउन गरेपछि घोडेजात्रा स्थगित गरेको हो । यसअघि सेनाले आन्तरिक रुपमा घोडेजात्रा मनाउने निर्णय गरेको थियो ।

नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ को जोखिमलाई मध्यनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएता पनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाईरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा मिति २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम सो समारोह स्थगित गरिएको    उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि