जेठ ०९, २०८१, बुधबार
               

पर्यटकीय बजार नाम्चेमा पर्यटक प्रवेश प्रतिबन्ध

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काेराेना संक्रमण नफैलियोस् बन्दै सगरमाथा प्रशेवद्वार नाम्चेमा  विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाइएकाे छ ।  नेपालीलाई भने परीक्षणपछि मात्र प्रबेश दिइनेछ । कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी कडाइ गरिएकाे  सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाल कोरोनाकाे उच्च जोखिममा रहेकाे तथा सगरमाथा क्षेत्रमा धेरै विदेशी पर्यटककाे आगमनकाे सिजन अहिले भएकाले संक्रमण नहाेस् भनेर नाम्चेदेखि माथिल्लो क्षेत्रमा प्रवेश गर्न नदिइने सरोकारवाला सबैकाे निर्णय भएकाे नाम्चे होटल व्यवशायी संघका सल्लाहकार लामाकाजी शेर्पाले बताए । 

सगरमाथा क्षेत्र प्रवेश हुने जाेरसल्लेमा हुँदै आएकाे चेक पोष्ट समेत बन्द गरिएकाे छ  । नाम्चेका सबै हाेटल यसअघि नै बन्द गरिसकिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि