जेठ ०९, २०८१, बुधबार
               

भारतसँगका सबै सीमा नाका बन्द गर्ने गृहको प्रस्ताव

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले भारतसँगका सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गृहमन्त्रीको थापाको उक्त प्रस्तावमा छलफल हुँदा कुटनीतिक रूपमा छलफल गर्ने निर्णय भएको छ । बैठकमा गृहमन्त्री थापाले सकेसम्म भारतकै सहमतिमा भारतसँगका सबै नाकाबन्द गर्ने, यदि भारतले मानेन भने पनि एकतर्फी रूपमा भएपनि सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

भारतसँगको नाकाबन्द नगर्दासम्म कोरोना संक्रमणको खोजिम उच्च रहने भन्दै गृहमन्त्री थापाले भारतसँगको सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, गृहमन्त्रीको उक्त प्रस्ताव पारित हुने सकेन ।

बैठकले भारतसँग सिमाना जोडिएका १८ जिल्लाका २३ नाकामात्र खोल्ने निर्णय गरेको छ । र, ती नाकाबाट नेपालीलाई मात्र प्रवेश दिइने बैठकले निर्णय गरेको छ ।

नेपालीलाई प्रवेश दिँदा पनि चेकजाँच गर्ने, प्रत्येक नाकामा हेल्थ डेस्क स्थापना गर्ने र स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

बैठकले इलामको पशुपतिनगर, झापाको मेची भन्सार भन्द्रपुर, मोरङको रानी भन्सार, सुनसरीको भन्टबारी नाका, सिराहाको मार्डर र ठाँडी, सप्तरीको कुनौली नाका, धनुषाको जटही र खजुरीबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिने निर्णय भएको छ ।

यसैगरी महोत्तरीको भित्तामोड, सर्लाहीको सोनवर्सा र मधुबनी, रौटहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको त्रिनगर र शक्ति, कंचजपुरको गड्डाचौकी र बैतडीको झुलाघाट, दार्चुलको खलंगा नाकाबाट मात्र नेपालीलाई प्रवेश गर्ने दिने निर्णय भएको छ ।

बाँकी सबै नाकाबन्द गर्ने निर्णय गरेको छ । भारतसँगको सबै नाकाबन्द गर्ने विषयमा छलफल गर्ने जिम्मा परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि