जेठ ०९, २०८१, बुधबार
               

घाँसीकुवामा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

तनहुँ । घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको छ । तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा  १७ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस अनियन्त्रित गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो ।

मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका– २ की २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ ।

अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् ।


कस्तो लाग्यो ?

यो पनि