अछाम । अछाममा स्यालकाे आक्रमणबाट ३ महिने बालिकाकाे ज्यान गएकाे छ ।
कमलबजार नगरपालिका १० लाँचीका लालबहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसराकाे बिहीबार दिउँसाे स्यालकाे आक्रमणबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
घरमै सुतिरहेकाे बालिकालाई स्यालले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । बालिकाको शव शुक्रबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।