बैशाख १९, २०८१, बुधबार
               

अक्षयको गाउँ पुग्दा : आमाबुबाले ढोका खोलेनन्, गाउँलेले लखेटे

एजेन्सी
चैत ०८, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्लीदेखि करिब ९०० किलोमिटरको दूरीमा पर्छ, बिहारको औरंगबाद । त्यहाँबाट ३५ किलोमिटरको दूरीमा छ, अक्षय ठाकुरको गाउँ कर्मालहंग । 

म शुक्रबार बिहानै त्यस गाउँमा पुगें । गाउँका सन्नाटा छाएको थियो । युवा तथा बुजुर्गहरु अलग अलग समूह बनाएर कुराकानी गरिरहेका थिए ।

मैले केही सोध्नुअघि नै एक युवकले मलाई सोधे, कहाँ जाँदै हुनुहुन्छ ? अर्को युवकले भने, मिडियावाला हो ? मैले होइन भनें । गाउँको आफन्तको घरमा आएको अझै पर जानुछ भनेर जवाफ दिएँ ।

अनि मैले सोधें, गाउँमा केही भएको छ हो ? जवाफ आयो, केही छैन । निर्भया काण्डको मामलामा गाउँको केटालाई फाँसी भयो । हिजोदेखि मिडियावालाहरुले तनाव दिइरहेका छन् । पटक–पटक आएर के–के प्रश्नहरु सोधिरहेका छन् । 

कुराकानीको क्रममा एक युवकले भने, यही नजिकै घर छ अक्षयको । मैले चिनेको छु उसलाई । दुःख पनि लागेको छ तर, यस्तै भयो । 

जब निर्भया काण्ड भयो तब गाउँ नै तनावमा थियो । उसले गलत काम गर्यो जसको सजाय पनि उसले भाग्नुपर्यो ।

म बिहीबार पनि कर्मालहंग गाउँमा आएको थिएँ । केही अन्य मिडियाका मानिस पनि थिए । अक्षयको घरभन्दा अघिल्लो घर बाहिर दुई जना महिला बसिरहेको थिए । 

हामीले अक्षयको नाम लिनेबित्तिकै एक महिलाले भनिन्, बाबु हामीलाई केही पनि थाहा छैन । हामीलाई केही नसोध्नुस् । 

छेउमा अक्षयको घर थियो । म त्यस घरमा गएँ । मैले करिब १५ मिनेटसम्म ढोका ढक्ढक्याएँ । तर कोही पनि घर बाहिर निस्किएनन् । घरभित्र मानिस थिए ।

मिडियावाला आएको थाहा पाएर कसैले पनि ढोका नखोलेका रहेछन् । आसपास सोध्दा पत्ता लाग्यो घरमा अक्षयका आमा बुबा र एक भाइ छन् ।

गाउँका मुखिया मालती देवीसँग मैले कुराकानी गरें । उनले भनिन्, अक्षयले जस्तो काम गर्यो त्यस्तै सजाय मिल्यो । गाउँको केटालाई फाँसी भयो यो दुःखको कुरा हो तर...। 

अक्षयकी पत्नी पुनीता देवी छोरा लिएर दिल्ली गएकी छिन् । पुनीतासँग अक्षयका ठूलो भाइ पनि दिल्ली गएका छन् घरमा आमा बुबा र एक भाइ छन् ।

मुखियासँग कुरा गरिसकेपछि म गाउँका केही युवाहरुसँग कुराकानी गर्न थालें । यसैक्रममा गाउँका चार पाँच जना युवाको समूह आइपुग्यो । 

उक्त समूहका एक युवाले मैले कुरा गरिरहेको युवकलाई भने, मिडियावालासँग कुराकानी गर्न जरुरी छैन । मानिसहरु हाम्रो तमाशा बनाउन आइरहेका छन् । 

अर्का युवक रिसाउँदै भने, तपाइँ गइहाल्नुस्, नत्र तपाइँमाथि नराम्रो हुनसक्छ । यसैक्रममा अरु चार जना मिडियाकर्मी पनि त्यहाँ आइपुगे । उनीहरुले मोवाइलबाट भिडियो खिच्न लागे । 

त्यसपछि स्थानीय युवा निकै आक्रोशित भए । एकले भने, लाठी लिएर आउ यीनीहरु हामीले भनेको मानेनन् । त्यपछि केहीले लाठी बोकेर आए । र हामी तुरुन्तै त्यस गाउँबाट निस्कियौं ।

-दैनिकभाष्कारबाट


कस्तो लाग्यो ?

यो पनि