बैशाख १९, २०८१, बुधबार
               

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ ।

शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने र  पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका १र२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । 

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ । 
 


कस्तो लाग्यो ?

यो पनि