जेठ ०८, २०८१, मंगलबार
               

स्कुल पोसाकमा हराएका बालक तीन दिनपछि घरनजिकै मृत अवस्थामा फेला

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । 

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी शुक्रबार घरनजिकै मृतावस्थामा फेला परेका हुन् ।  

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा फेला परेको छिमेकी हेमन्त चाैधरीले बताए । उनले भने, ‘आज बिहान १०ः१५ बजे बालककाे शव फेला परेको हो ।’

मृतक बालक स्थानीय नवज्योति बोर्डिङ स्कुल चिलहिरियामा अध्ययनरत थिए । उनी अरबिन्द घरको एक्लो सन्तान हुन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुखले प्रहरीले घटनाको अनुसन्धान गरिहेको जनाकारी दिए । 

यो पनि