जेठ ०९, २०८१, बुधबार
               

१५ जनाभन्दा बढी मलामी नआउन पशुपति विकास कोषको आग्रह

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । पशुपति विकास कोषले १५जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । 

पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै पशुपति विकास कोषले यस्तो आग्रह गरेको हो ।

कोषका सदस्यसचिव प्रदीप ढकालले सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको बताए । 

‘हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि गठन गरिसकेका छौं,’ सदस्य सचिव ढकालले भने । साथै, उनले कडाइका साथ निर्देशन पालना गर्ने बताए । 

कोरोनाबाट बच्नका लागि पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको उनले बताए । 
 

यो पनि