जेठ ०६, २०८१, आइतबार
               

सगरमाथा प्रवेशद्धार नाम्चेका सबै होटल बन्द

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

सोलुखुम्बु । कोरोना त्रासका कारण पर्यटकीय बजार नाम्चेका सबै होटल बन्द गरिने भएको छ । बिहीबार बसेकाे नाम्चे लज एण्ड होटल यशोसियशनको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हो । कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अप्नाउनु पर्ने भएकाले शुक्रबारदेखि अनिस्चित‍्कालीन हाेटल बन्द गर्ने निर्णय गरिएकाे एशाेसियशनका अध्यक्ष मिङमा शेर्पाले बताए । कोरोनाकाे त्रास न्यून भएपछि सूचना प्रकाशित गरी होटल खुलाइने एशोसियशनले जनाएकाे छ । 

नेपाल सरकारले बुधबार सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेकाे थियो । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।

धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गर्ने निर्णय पनि गरेको छ । साथै सरकारले होटेल, तथा सपिङ मलमा अनिवार्य सेनिटाइजरको व्यवस्था गरी टेबल कुर्सी, शौचालय र बार रेलिङमा किटाणुशोधन गर्नुपर्नेछ भने होटल र सपिङमलमा प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गर्नुपर्छ । 

 


कस्तो लाग्यो ?

यो पनि