जेठ ०६, २०८१, आइतबार
               

त्रिविका पठनपाठन तथा परीक्षा स्थगित

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

कोरोना संक्रमणविरुद्ध लड्ने भन्दै त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन स्थगित गरेको छ । 

त्रिविले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि  पाठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो । 

त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले विश्वविद्यालयको कार्यकारी कार्यकारी परिषद् बैठकले शुक्रबारदेखिका सबै परीक्षा र नियमित कक्षा स्थगित गर्ने निर्णय गरेको बताए । 

अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठनपाठनका कार्यक्रम स्थगित गरिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि