जेठ ०६, २०८१, आइतबार
               

लाेक सेवाका सबै परीक्षा स्थगित

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना त्रासका कारण  लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरिएकाे छ । आयोगले चैत ८ गते पछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि