बैशाख २२, २०८१, शनिबार
               

चितवनामा ७२ घन्टामै ७० शय्याकाे अस्पताल तयार

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

चितवन । चितवनको  भरतपुरमा ७२ घन्टामा ७० श्ययाको अस्पताल निर्माण सम्पन्न भएको छ । 

अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा  ७२ घन्टामा ७० श्ययाको अस्पताल नर्माण गरिएकाे बताए । 

अधिकारीले अस्पतालमा आइसियू, एचडियू र जनरल वार्डसहित ७० श्ययाको अस्पताल बनाइएको बताए । उनले भने, 'आइसियू र एचडियू बेड तयार गर्न केही दिन लाग्ने भए पनि अन्य बेड बिहीबार नै तयार पारिएको  छ ।' 

कोरोनाको संक्रमण फैलिएपछि चीनले ६ दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घन्टामा ७० बेडको अस्पताल निर्माण गरिएकाे छ । 

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा ५० बेड तयार भइसकेको जनकारी दिइन् । 

‘बाँकी आइसियूलगायत बेड २, ३ दिनभित्र तयार हुन्छ,’ मेयरले भनिन्, ‘ अस्पतालमा आठवटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भइरहेको छ ।’

यो पनि