जेठ ०९, २०८१, बुधबार
               

पट्रोलमा कालो बजारी गर्ने तीन जना पक्राउ

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

सप्तरी ।  सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए। 

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा  ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैध रूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

यता पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि