जेठ ०९, २०८१, बुधबार
               

१ लाख बढी नक्कली नोटसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

रामेछापमा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रामेछापको खाँडादेवि गाउँपालिका १ का ढकलबहादुर तामाङ र वडा २ का  सार्की तामाङलाई १ लाख १२ हजार नक्कली नोटसहित पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । 

वतन नखुलेका जलाउदिन मिया अन्सारीसँग मिलेर गाउँमा गोरु किन्दा भुक्तानी गरेको नोट स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि