जेठ ०९, २०८१, बुधबार
               

सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक जिल्ला नछाड्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय गर्न लगाउन आग्रह दिदै जिल्ला नछाड्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता सहिसचिव केदारनाथ शर्माले जो कोहीलाई संक्रमण देखिएमा व्यवस्थापनतर्फ लाग्नुपर्ने भएकाले बिदा रोकिएको जानकारी दिए । 

सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जलाई पनि बिदा बस्न रोकिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए ।

प्रहरी प्रधान कार्यालयले नेपालमा कोरोना संक्रमण देखिएमा आफ्नोतर्फबाट कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना नै बनाइएको पनि जानकारी दिए ।

सम्भावित संक्रमणबाट जोगिन सतर्कताका उपायसमेत सिकाइएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बलले देशभरिका गणमा क्वारेन्टाइन कोठा बनाएको छ । शंकास्पद बिरामी (सर्वसाधारण र प्रहरी दुवै)लाई राख्न क्वारेन्टाइन बनाइएको हो ।

सबैजसो कार्यालयमा थर्मलगनबाट चेकजाँच सुरु गरिएको र संक्रमणबाट जोगिन निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन पछि सबै जिल्लाका प्रहरी प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको पनि डिआइजी थापाले जानकारी दिए ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि सीमा नाकामा आफ्ना अधिकृत जवानलाई सुरक्षित रहन र सुरक्षाको राम्रो प्रबन्ध गर्न निर्दैशन दिएको जनाएको छ ।

सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बलको भएकाले समयमै सजकता अपनाउन निर्दैशन दिएको सशस्त्र प्रहरी बल मूख्यालयले जानकारी दिएको छ ।

यो पनि