जेठ ०८, २०८१, मंगलबार
               

पाल्पाको रामपुरबाट पाँचजना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । पाल्पाबाट प्रहरीले जुवाको खालबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवातास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि