जेठ ०८, २०८१, मंगलबार
               

घर पुर्‍याइदिने भन्दै ट्रकभित्र युवतीको सामूहिक बलात्कार

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौें । काठममाडौंको थानकोटमा ट्रकभित्र लगेर किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ का २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ९ का १९ वर्षीय पासाङ तामाङ, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ का १९ वर्षीय कपिल खड्का रहेका छन् ।

उनीहरुलाई चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्र मंगलबार किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीले पक्राउ परेका तीन जनालाई थानकोट प्रहरी वृतको हिरासत राखिएको र मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही सुरु भएको जनाएको छ ।

मंगलबार बिहानै धादिङकी १८ वर्षीया किशोरी घर जानको लागि गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा तीन जनाले उनलाई घर पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्। 

पीडित किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ।


कस्तो लाग्यो ?

यो पनि