जेठ ०५, २०८१, शनिबार
               

शनिबारबाट नेपालमा दैनिक ७० हजार मास्क उत्पादन हुने, उत्पादित मास्को मूल्य ५–७ रुपैयाँ मात्र

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

व्यवसायी दीपक मल्होत्राले यही शनिबारबाट दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन् । मल्होत्राले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मास्क उत्पादन गर्न लागेका हुन् । 

कोरोना भाइरस (कोभिड–१९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन गर्न लागेका हुन् ।

मल्होत्राले बिहीबार र शुक्रबार मेसिन जडान गर्ने र शनिबारदेखि उत्पादन सुरु गर्ने तयारी भएको जनाएको छ । 

मल्होत्राले शनिबारबाट उत्पादन हुने मास्कको मूल्य ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म रहने बताएका छन् । 

मास्क उत्पादन गर्ने मेसिन खरिदमा सरकारले भन्सार छुटलगायतका सुविधा दिने प्रस्ताव गरे पनि उक्त सुविधा आफूले नलिएको मल्होत्राले बताए । उनले मेसिनमा खासै ठूलो लगानी नभएकाले उक्त लगानी आफूले नै गरेको मल्होत्राले बताए । 

 


कस्तो लाग्यो ?

यो पनि