असोज ०६, २०८१, आइतबार
               

एसइईमा सहभागी हुने विद्यार्थीलाई सावधानी अपनाउन शिक्षा मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पर्याप्त सावधानी अपनाएर एसइई परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको बताएका छन् । 

पोखरेलले सबै एसइई केन्द्रमा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न र परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क प्रबन्धका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको बताएका छन् ।  

साथै, उनले एसइईमा सहभागी हुने सबै परीक्षार्थीलाई साबुनपानीले हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेका छन् ।  

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुने पोखरेलले एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । 

यो पनि