जेठ ०८, २०८१, मंगलबार
               

फुर्सदिला भए कर्मचारी

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ ।

सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न छोडेपछि श्रम कार्यालय सुनसान भएको हो ।

त्यहाँ काम गर्ने कर्मचारी पनि फुर्सदिला भएका छन् ।

दूतावासले अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरेर पठाएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले मागपत्रको पूर्वस्वीकृति दिँदै आएको थियो । 

तर, दूतावासले नै मागपत्र नपठाएपछि कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि