जेठ ०२, २०८१, बुधबार
               

बाजुराकाे जगन्नाथ गाउँपालिकामा बम विस्फोट

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट भएकाे छ । अज्ञात समूहले कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो ।

सिसिटिभीको निगरानी हुने क्षेत्र तथा प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन् ।

अज्ञात समूहले साेमबार बिहाज कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट गराएकाे प्रहरीले जनाएकाे छ । 

बम विस्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताए ।


कस्तो लाग्यो ?

यो पनि