जेठ ०५, २०८१, शनिबार
               

बाबु र आमाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा भएको  हत्याको अभियोगमा मृतकका छोरा पक्राउ परेका छन् । अंशको विवादका कारण सौतेनी आमा र बुवाको हत्या गरेको आरोपमा अमगढी नगरपालिका–२, जुगेडा बस्ने भरतबहादुर भण्डारी पक्राउ परेका हुन् ।

गत फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या गरिएको अवस्थामा आफ्नै घरमा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गर्दै अंशको विवादका कारण बुवा र सौतेनी आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।


कस्तो लाग्यो ?

यो पनि