जेठ ०३, २०८१, बिहीबार
               

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय परिवर्तन

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

सरकारले देशभर लागू हुने गरी विद्यालय समय  परिवर्तन गरी बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरेको हो । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।

 कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको तथा ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि