सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ ।
लागूऔषध तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तरगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो ।
लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँने चालकको संख्या बढिरहेको गुनासो आएसँगै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान कै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेश अन्तर्गतको १० वटै जिल्लाको सडक मैं चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताएका छन् ।
यसरी लागू औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए ।