जेठ ०५, २०८१, शनिबार
               

कपनमा प्रहरीको अप्रेशन डेढ लाख मास्क बरामद

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौँ । प्रहरीले काठमाडौँको कपन क्षेत्रमा कालोबजारी भएको आशङ्कामा अप्रेशन चलाउँदा एक लाख पचास हजार थान सर्जिकल मास्क बरामद गरेको छ । 

विश्वभरि कोरोनाको सङ्क्रमणका सन्त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कको कालोबजारी गरिहेकाहरूबाट सो मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

महानगरीय प्रहरी परिसर, काठमाडौँले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशङ्कामा विशेष अप्रेशन चलाएको हो । 

जसअनुसार शनिबार दिउसो ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए । अप्रेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको जनाएको छ ।  प्रहरीले चलाएको यो अप्रेशन जारी रहेको परिसरका डिएसपी बोगटीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि