बैशाख १७, २०८१, सोमबार
               

हिमालय एयरलाइन्सद्वारा साउदी अरबको उडान स्थगित

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरबको उडान स्थगित  गरेको छ ।

कम्पनीले आइतबार एक जरुरी सूचना निकालेर सन् २०२० मार्च १५–२८ सम्मका लागि उडान स्थगित गरेको जनाएको हो । 

कम्पनीले कोभिड–१९ को प्रकोप फैलिन नदिनका सरकारले उडान प्रतिबन्ध लगाएसँगै आपूmले उडान स्थगित गरेको बताएको छ । 

कम्पनीले उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो  ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको जनाएको छ । 

कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्य र कतारको दोहाका गन्तव्यका उडान रोक्ने निर्णय गरिसकेको  छ ।  

त्यसैगरी, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्मका स्थगित गरेको जनाएको छ ।

केही दिनअघि नेपाल वायु सेवा निगमले  पनि एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको थियो ।  

यो पनि