भक्तपुर । भक्तपुरको चाँगुनारायणमा टिपरको ठक्करबाट १८ महिनाको शिशुको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनि टिपरले ठक्कर दिँदा १८ महिनाका शिशु शिशिर मोक्तानको मृत्यु भएको हो ।
१८ महिनाका शिशिर सर्लाही घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन् । ईश्वर सोही इँटाभट्टामा काम गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।
भक्तपुर च्यामासिंह बस्ने ४० वर्षीय टिपर चालक
श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।