जेठ ०६, २०८१, आइतबार
               

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड आजदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

उक्त सडक खण्डमा रहेका मोडलाई फराकिलो बनाउने काम आजदेखि सुरु हुनेछ ।

पहाड काटेर मोडहरु फराकिलो बनाउने काम सुरु भएसँगै १२ दिनसम्म दैनिक आठ घण्टा उक्त सडकखण्ड बन्द गर्न लागिएको हो ।

बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

मोडहरु साँघुरो भएको कारण सवारी दुर्घटना बढेपछि सडक डिभिजन कार्यालयले मोडलाई फराकिलो बनाउने काम सुरु गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि