जेठ ०६, २०८१, आइतबार
               

काेसी अस्पतालबाट स्यानेटाइजर र मास्क उत्पादन सुरु

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

कोभिड–१९ सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (काेसी अस्पताल) ले आजदेखि  हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन सुरु गरेको छ । स्थानीय बजारमा  त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन सुरु गरेको  हो ।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन सुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा सङ्गीता मिश्राले जानकारी दिइन् । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा  विभिन्न रसायनको  प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ । 

    विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नका साथै एक हजार थान डबल लेयरको माक्ससमेत बनाइएको प्रमुख डा मिश्राले बताइन् । अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिन आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ ।  अस्पताल प्रमुख डा मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र माक्स सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाप्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण गरिन् ।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ । स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ ।
    
यसैगरी अस्पतालले कोभिड–१९ बाट सङ्क्रमितका लागि तीन श्ययाको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमण बिरामीको जाँचका लागि प्रयोशालासमेत सञ्चालनमा ल्याएको छ । अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी चारदेखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए । प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय सहरका बिरामीको उच्च चाप रहने गरेको छ । अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी  उपचारका लागि आउने  गर्दछन् ।


कस्तो लाग्यो ?

यो पनि