बैशाख ०७, २०८१, शुक्रबार
               

स्याल धपाउन हानेको गोली लाग्दा एक युवक घाइते

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । स्याल धपाउन हानेको गोली लागेर एकजना घाइते भएका छन् । 

स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाहीलाई लाग्दा घाइते भएका हुन्। 

जिल्ला प्रहरी कर्यालय दैलेखले स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर शाहीको हात र खुट्टामा गम्भीर चोट लागेको जानकारी दिएको छ । 

घाइते शाहीको उपचार स्वास्थ्य कार्यालय दैलेख ल्याइएको तर, सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि