असोज ०६, २०८१, आइतबार
               

सफल जीवनको लागि तपाइँले त्याग्नैपर्ने चार कुरा

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । आचार्य चाणक्यले जीवन सफलतापूर्वक जीउनको लागि कैयौं नीति बनाएका छन् ।

चाणक्यले आफ्ना नीतिलाई 'चाणक्य नीति'मा समावेश गरेका छन् । उनका नीति आज पनि उत्तिकै प्रासंगिक छन् ।

विष्णु गुप्त तथा कौटिल्यको नामबाट मशहुर चाणक्यले सफलताको लागि चार वटा यस्तो सुत्र उल्लेख गरेका छन् जुन कुरा हामीले अवलम्बन गर्न जरुरी छ ।

ती कुरा अनुशरण गर्ने हो भने सफलताले तपाइँलाई पछ्याउनेछ । सफलताको लागि कसैलाई भन्न नहुने चार कुरा उनले उल्लेख गरेका छन् ।

. जीवनको कुनै पनि मोडमा पैसाको कमी भएमा आफ्नो आर्थिक स्थितिको बारेमा अरु कसैलाई पनि नभन्नुहोस् । मानिसको जीवनमा यस्तो स्थिति (आर्थिक अभाव) आउँछ । जब तपाइँ आर्थिक रुपबाट तनावमा आउनुहुन्छ अथवा तपाइँसँग पैसा हुँदैन भने यस्तो समयमा तपाइँले आफूमाथि विश्वास राखेर अघि बढ्न सक्नुपर्छ । यदि तपाइँ आफ्नो तनावको बारेमा अरुलाई भन्नुहुन्छ भने, मानिसहरु तपाइँको मजाक बनाउन थाल्नेछन् । यसका साथै तपाइँलाई मदत गर्न कोही पनि अघि सर्दैनन् ।

. हामीले आफ्नो घरको कुरा घरभित्रै सीमित राख्नुपर्छ । जसले आफ्नो घरको सानो सानो कुरा बाहिर पुर्याउने गर्छन् त, उसले धेरै कुराको हैरानी ब्यहोर्नुपर्ने हुन्छ । बाहिरको मान्छेले तपाइँको घरभित्रको कुरा थाहा पायो भने, तपाइँविरुद्ध (तपाइँको अन्य परिवारका सदस्यविरुद्ध) षड्यन्त्र रच्न सक्छन् । पछि अनेक तनाव निम्तन सक्छ । चाणक्यका अनुसार, पती पत्नीबीचको कुरा पनि दुई जनाबीच सीमित राख्नुपर्छ किनकी दुई बीचको कुरा दुवैजनाको सम्मान र अपमानसँग जोडिएको हुन्छ ।

. हाम्रो जीवनमा यस्ता केही पल पनि आउँछन् जहाँ हामीले अमपान सहनुपर्ने हुन सक्छ । चाणक्य नीतिका अनुसार आफू कोहीबाट अपमानित भएको चर्चा अन्य व्यक्तिसँग गर्नु हुँदैन । यस्तो कुरा गोप्य राख्नुपर्छ । यदि अन्य मानिसलाई यस्तो कुरा भनियो भने, तपाइँलाई मदतको साटो मजाक बनाउन सक्छन् । जसबाट तपाइँको मनोबल टुट्नेछ । 

. हाम्रो दुःख, पीडा अन्य व्यक्तिलाई शेयर गरेर हामीले आफैलाई नोक्सान पुर्याइरहेका हुन्छौं । चाणक्य नीति अनुसार, दोस्रो (अन्य) व्यक्तिलाई तपाइँको दुःख पीडा सम्झने समय (फुर्सद) हुँदैन । आफ्नो दुःख समस्याको बारेमा ती व्यक्तिलाई मात्र भन्नुहोस् कि जसमाथि तपाइँलाई पूर्ण विश्वास छ ।


कस्तो लाग्यो ?

यो पनि