जेठ ०६, २०८१, आइतबार
               

हाेलीमा रक्सी पिउँदा पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

धनुषाधनुषामामा होलीको दिन अत्यधिक रक्सी पिउँदा पाँच जनाको मृत्यु भएको छ ।

अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– २ स्थित रमदैयामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रक्सी सेवन गरेका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक रक्सी सेवनबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि