असोज ०६, २०८१, आइतबार
               

टुटल र पठाओ यथावत् रूपमा सञ्चालन

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । टुटल र पठाओ बन्द नहुने भएको छ । भाडामा यात्रु ओसारपसार गर्दै आइरहेका उक्त  टुटल र पठाओलाई  सरकारले यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानून शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो ।

उक्त छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।


कस्तो लाग्यो ?

यो पनि