असोज ०६, २०८१, आइतबार
               

कर्णाली करिडोरको सडक निर्माणमा रोक

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

हुम्ला जिल्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तार कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली करिडोर निर्माण कार्य तीन हप्तादेखि  रोकिएको छ ।

सिमकोट-५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो । आफूहरूको जग्गा नोक्सान भएको भन्दै स्थानीयवासीले सडक निर्माणमा अवरोध पुर्‍याएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । वडा नं ५ तल्लोगाउँका स्थानीयवासीसँग सडक विस्तार गर्न सहमति गराउनका लागि दुईपटक जिल्ला प्रशासनमा वार्ता गरे पनि कुनै ठोस निर्णय हुन सकेन । कर्णाली करिडोरअन्तर्गत खार्पुबाट सिमकोटसम्म निर्माणको जिम्मा अङ्क कबेन्द्र माउण्टेन जेभी कन्स्ट्रक्शनले लिएको छ ।
 
खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्तसम्म विस्तार गरिसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ । तर यहाँका स्थानीयवासीसँग सहमति गर्नका लागि दुईपटकसम्म वार्ता बसे पनि अवरोध कायमै राखेका कारण निर्माणमा समस्या निम्तिएको बताइएको छ । तल्लोगाउँ वडा ५ का स्थानीयवासीले सकड निर्माणमा आफ्नो जग्गा सडकमा जाने भएपछि त्यसको क्षतिपूर्ति मागेको र कन्स्ट्रक्शनका अनुसार सडक विस्तार गर्दा क्षति भएको जग्गाका लागि दिने पैसा आफूहरूसँग नभएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि