मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारको तयारी: लक डाउनदेखि आयात निर्यात र आवागमन बन्दसम्म

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

देशको कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए। निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सकिने सरकारले जनाएको छ ।

यसैगरी महामारी अवधिभरि अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्द गर्ने र स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना सरकारले बनाएको छ । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य सामग्री आयात बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’ कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए ।

देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरु सहितको टोली परिचालन गरिएको छ । स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ । प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए । संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि