असोज ०६, २०८१, आइतबार
               

पूर्वडिआइजी रमेश खरेलले गरे भ्रष्टाचार अभियानको सुरुवात

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढेको भन्दै पूर्वडिआइजी रमेश खरेलले भ्रष्टाचार अभियानको सुरुवात गरेका छन् । देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले बाध्य भएर अभियान सञ्चालन गरेको बताए । 

उनले अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्धन, राजनैतिक शुद्धीकरणलगायत ८ लक्ष्य निर्धारण गरेको पनि बताए ।  

सबैभन्दा पहिले भ्रष्टाचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने बताउँदै उनले ती कार्यक्रममा भ्रष्टाचारी संस्कारको विरोध गर्ने मात्र नभएर भ्रष्टाचारीको पहिचान गरी उनीहरुको सम्पत्तिको सूचना संकलन गर्ने र कारवाहीको लागि दबाब दिने बताए । 

उनले तयार पारेको अवधारणापत्रमा नेपाली नागरिकहरुको प्रत्यक्ष र स्पष्ट अभिमतविना थोपरिएका कतिपय संवैधानिक व्यवस्था एवं विषयमा लोकतान्त्रिक पद्धतिको आधारमा संशोधन र जनमतको प्रक्रियामार्फत समाधान र संबोधनका उपायको खोजीका लागि विज्ञ, सरोकारवाला र देशप्रेमी नागरिकहरुबीच छलफल गरी जनमत तयार गर्ने अवधारणापत्रमा भनिएको छ ।

उनले तयार पारेको अभियानको अवधारणामा खर्चिलो र प्रत्यूत्पादक देखिएको निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषयलाई अभियानले आफ्नो एजेन्डामा समेटेको छ ।

विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउने कानून अबिलम्ब निर्माण हुनुपर्ने अभियानको माग छ । नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थामा सुधार ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ ।

उनले आफ्नो अवधारणपत्रमा संवैधानिक अंगहरुबीच शक्ति सन्तुलनको अभ्यास हुनुपर्ने, संवैधानिक निकायहरुमा भागबन्डा तथा राजनीतिक आस्था र नाताबादको आधारमा नियुक्ती गरिने परिपाटी अन्त्य हुनुपर्ने, प्रभाव र प्रलोभनमा धर्म परिवर्तन गर्न रोक लगाउनुपर्ने कुरालाई समावेश गरेका छन् । 

यो पनि