जेठ ०५, २०८१, शनिबार
               

नगरपालिका भवनमा आगलागी

नेपाल फ्ल्यास
फागुन २९, २०७६

फाइल फोटो
ADVERTISEMENT

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् चुहावट भइ आगलागी हुँदा  विभिन्न शाखाका  कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । 

आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा  कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए ।

आगलागीले के कति क्षति पुर्याएको  भन्ने  यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । 


कस्तो लाग्यो ?

यो पनि