जेठ ०६, २०८१, आइतबार
               

शान्ति सेनामा खटिएका एक सैनिकको मृत्यु

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि लेबनानमा कार्यरत एक नेपाली सैनिकको दुर्घटनामा मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले विज्ञप्तिजारी गरी एक नेपाली सैनिकको दुर्घटनामा परेर मृत्यु भएको जनाएको हो । चार महिनाअघि मात्रै शान्ति सेनामा गएका ती मृतकको नाम खुलाइएको छैन ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनी दुर्घटनामा परेका थिए । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि