असोज ०६, २०८१, आइतबार
               

नेपाली लोकगीतमा नयाँ मिठास भित्र्याउँदै बंगालका अर्को मुखर्जी

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

पछिल्लो समय नेपालीमाझ निकै चर्चित छन्, अर्को मुखर्जी । बाटुलीचौरस्थित गन्धर्व समुदायले उनलाई ‘गन्धर्व सम्मान’ दिइसकेको छ । उनी लोक गीतलाई उत्थान गर्न सक्रिय भएकाले नेपालमा निकै चर्चित छन् । 

‘माछी काडैंले’, ‘रेशन फिरिरी..’ , झलकमान गन्धर्वको ‘बाला जोवन’, मित्रसेन थापामगरको ‘लाहुरेको रेलिमाई’, नेवारी गीत ‘राजमती’, लगायत लोकगीत उनले आफ्नै शैलीमा गाएका छन्, नयाँ मिठास दिएर । 

को हुन् मुखर्जी ?

भारतीय क्लासिकल तथा लोक गायनमा लामो समयदेखि सक्रिय मुखर्जी विश्वका विभिन्न देशमा घुमेर स्थानीय लोकसंगीतबारे ज्ञान लिन्छन् । उनले नेपाली, स्पेनी, पोर्चुगालीलगायत १५ भन्दा बढी भाषामा गीत गाएका छन्। कोलकत्ताका मुखर्जीले युरोपेली, अफ्रिकी, मध्यपूर्वी–अमेरिकी र भारतीय लोक संगीतबारे अनुसन्धान गरिसकेका छन् ।  उनले संगीतको प्रारम्भिक शिक्षा आफ्नै बाबुआमासँग लिएका थिए । 

यसरी तयार गर्छन् गीत

  • लामो अनुसन्धानपछि उनी संगीत सिर्जना गर्छन् । त्यसैले, पुराना गीतले नयाँ मिठास पाउने गरेका छन् । फ्रान्स, इङल्यान्ड, जर्मनी, पश्चिम अफ्रिकालगायत विभिन्न देशका संगीतकारसँग मिलेर उनले गीत गाएका छन् । उनी एक देशको संस्कृति र संगीतलाई अर्को देशको संगीतसँग फ्युजन गर्छन् ।
  • पछिल्ला ९ वर्ष युरोप घुम्ने क्रममा उनले फ्रेन्च लोकगीत, जिप्सी ज्याज र अफ्रिकाका परम्परागत गीत गाइरहेका छन् । अफ्रिकी–अमेरिकी लोकसंगीत ‘ब्लुज’ मा उनको ठूलो प्रेम छ , फ्रान्समा ब्लुज संगीतको प्रस्तुती दिने थोरै भारतीय कलाकारमध्ये उनी पर्छन् । 
  • सन् २०१८ र सन् २०१९ मा क्रमश उनले नेपाल जिप्सी ज्याज फेस्टिभलमा डेनिल गिभोनी र नेपाली ज्याज गिटारिस्ट हरि महर्जनसँग मिलेर गाएका थिए । उलने विश्वका धेरै देशमा प्रस्तुती दिइसकेका छन् । बंगाली भाषाका धेरै भारतीय फिल्ममा उनले स्वर दिइसकेका छन् र भारतका धेरै म्युजिक अवार्ड जितेका छन् । 
  • संगीतसँग यात्रा गर्ने मुखर्जीबारे सन् २०१४ मा ‘भोर्साा थाकुक बंगला गाने..’ नामक वृत्तचित्र निर्माण गरिएको थियो, यसमा पछिल्ला चार शताब्दीमा बंगाली संगीतमा देखिएको परिवर्तनबारे पनि बहस गरिएको छ । ‘संगीतले समुदायको भावनालाई प्रतिनिधित्व गर्छ । एक व्यक्तिले गाउन थालेपछि अर्को व्यक्ति र त्यसपछि अन्य धेरै व्यक्ति जम्मा हुन्छन् अर्थात् यसले मानिसलाई भेला गर्छ र जोड्छ,’ आफ्नो यात्रा अनुभवबारे उनी भन्छन् । 
  • यसअघि उनले फिड्लेर्स ग्रिन, जिवा र आश्रमजस्ता ब्यान्डसँग काम गरिसकेका छन् । उनले ‘गाटेर कोथा’, ‘फाइभ’ र ‘द लायन एन्ड द हेम्स्टर’ जस्ता तीन एकल एल्बम निकालिसकेका छन् । पछिल्लो समय कौस्तभ डे, नितिन मानी, सौनक रोय र सजिव सरकारसँग मिलेर उनले विभिन्न प्रस्तुति दिदैं आएका छन् ।

कस्तो लाग्यो ?

यो पनि