असोज ०६, २०८१, आइतबार
               

झापाबाट कटुवा पेस्तोलसहित एक पक्राउ

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

झापा । झापा जिल्लाको दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरीले बताएको छ ।

गौतमको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली एक थान र खाली खोका दुई थान बरामद गरिएको छ। मावाखोला पुल आसपास हिँडिरहेको सूचनाका आधारमा  इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि