जेठ ०५, २०८१, शनिबार
               

बाँकेको चप्पल कारखानामा आगलागी, एक घाइते

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । आज बिहान बाँकेको चप्पल कारखानामा आगलागी भएको छ । उक्त कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएको प्रहरलिे जनाएको छ । बिहानबाट लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

जानकी गाउँपालिका–३ स्थित जयश्री सियाराम मेनु चप्पल कारखानामा आज बिहान १ः१५ बजे आगलागी हुँदा त्यसका सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका हुन् ।

आगोले शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि